नेपालले मलेसियालाई दियो १ सय १६ रनको लक्ष्य – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालले मलेसियालाई दियो १ सय १६ रनको लक्ष्य

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले मलेसियालाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरको खेलमा नेपालले ६ विकेटको क्षतिमा एक सय १५ रन बनाएपछि मलेसियाले एक सय १६ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रनको योगदान दिइन् ।

उनले ३७ बल खेलेकी थिइन् । तर, अन्तिमतिर आएकी डोली भट्टले १३ बलमा दुई छक्काको मद्दतमा बनाएको २३ रन महत्वपूर्ण रह्यो ।

यस्तै, कविता कुँवरले ३१ बलमा २३, सबैभन्दा अनुभवी ब्याटर रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान दिइन् ।

ओपनर सीता रानामगर १३ बलमा ६ रन बनाएर आउट भइन् भने कविता जोशीले सात बलमा दुई रन मात्र बनाइन् ।

मलेसियाको क्वालालम्पुरमा जारी म्याचमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।
अब केहीबेरमा मलेसिया जवाफी ब्याटिङमा उत्रनेछ ।

आजको खेलविजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने मात्र नभई यसै वर्ष हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट हुने भएकाले पनि निकै महत्वपूर्ण रहेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ४, १३: ०७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ४, १३: ०७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ४, १३: ०७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...