
काठमाडौं । कोभिड १९ पोजेटिभ हुनेको सख्या शुक्रबार एकै दिन ५० जना थपिएर पाँच सय ७ पुगेको छ ।
विहीबार संक्रमितको सख्या चार सय ५७ रहेकोमा शुक्रबार विहान ३० जना र दिउँसो २० जना थपिएपछि संक्रमितको सख्या बढेर ५ सय ७ पुगेको छ ।
दिउँसो स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत दिउँसो २० जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।
कोरोना संक्रमणको इपी सेन्टर बनेको वाँके जिल्लाको रनैरापुर गाउँपालिकामा आज पनि १३ जनामा संक्रमण पुष्टी भएको छ । वाँकेकै राप्ती सोनारी गाउँपालिकाका एक पुरुषमा पनि संक्रमण पुष्टी भएको छ ।
त्यस्तै, बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाका २२ वर्षे पुरुष र डडेलधुरा जिल्लाको परशुराम गाउँपालिकाका २८ वर्षे पुरुष, कैलाली जिल्लाको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षे पुरुष र मोरंगको रतुवामाई नगरपालिकाका ४१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
कोरोना संक्रमण फैलिएको जिल्लाको सख्या डडेलधुरा र बैतडी थपिएर ४० पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको जिल्ला वाँके भएको छ । यहाँ संक्रमितको सख्या एक सय १३ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित पनि प्रदेश ५ मा रहेका छन् । यहाँ संक्रमितको सख्या बढेर २ सय २७ पुगेको छ । प्रदेश २ मा एक सय १५ जना, प्रदेश १ मा ८५ जना, वागमती प्रदेशमा २८ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ जना मात्र संक्रमित छन् ।
हालसम्म ४ सय ३३ जना आइसोलेसनमा रहेका छन् ।
आज नेपालगंज उपमहानगरपालिका वडा नं ८ का २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिष्चार्ज हुनेमा १ देखि ६० वर्षसम्मका ९ महिला र १२ पुरुष रहेका छन् ।
सरकारले प्रदेश ५ मा मात्र १५ हजार ९ सय ८९ जनालाई क्वारेन्टाइनमा राखेको छ भने प्रदेश २ मा ५ हजार ९ सय ६ जनालाई राखिएको छ । सवै प्रदेशमा गरी हालसम्म २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा राखिएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...