
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सरकार आफ्नालाई काख अरुलाई पाखा लगाउने प्रयासमा भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन्।
आइतबारको प्रतिनिधिसभामा बैठकमा धारणा राख्दै उनले अब अन्य भ्रष्टाचारको फाइल खोल्ने भए आफू र आफ्नो पार्टीको सांसदहरूबाट सुरु गर्न चुनौती पनि दिए।
बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदनले दोषी देखाएको यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त नगरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाए।
सरकारले आफ्ना र आफू नजिककालाई प्रमाण छताछुल्ल हुँदा पनि बचाउने र र्निदोषलाई प्रमाण खोजीखोजी फसाउन खाजेको सांसद लामिछाने आरोप छ।
‘प्रमाण नभेटिएको परका व्यक्तिलाई प्रमाण खोजेर, नक्कली बनाएर भए पनि फसाउन खोज्ने, थुन्न खोज्ने तर प्रमाण छताछुल्ल भएका आफ्नाहरूका बारेमा भने चुप रहने हो भने विधिको सशानबारवे नबोले पनि हुन्छ।
यहाँ आफ्ना वरपरकालाई बचाउन अनि अरुलाई फसाउने प्रयासको गन्ध आएको हुनाले सदनको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।
सांसद लामिछानेले थपे, ‘फाइल किन खोलिँदो रहेछ भनेर हामीले ललितानिवास प्रकरणमा देख्यौं, सुनकाण्डमा देख्यौं र नक्कली भुटानी शरणार्थी प्रकरणमा देख्यौं।’
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...