
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलनको सन्दर्भमा तातो न छारा भनिप्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद थापाले आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमाथि प्रश्न गरेका छन् ।
‘महामन्त्री थापाले आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न नसकेको बताउँदै खर्च पनि ३५ प्रतिशत कट्न नसकेको बताए । उनले भने,‘ ४/५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ ?’ महामन्त्री थापाले भने, ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ ?’
यसअघि पनि दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको उनले बताए । मुलुकको आर्थिक स्थिति गम्भीर ,वित्तीय स्थिति शिथिल, विप्रेषण आप्रवाह ९रेमिट्यान्स०बढ्ने बाहेक अन्य आय स्रोत नबढेको बताउँदै सरकार रेमिट्यान्स बढ्यो भन्नुको कारण मागेका छन् ।
अर्थतन्त्रको सुधार तिर सरकारले खास काम गर्न नसकेको भन्दै महामन्त्री थापाले अर्थ मन्त्रालय र अर्थमन्त्रीले के गरिरहेको छ सोबारे प्रधानमन्त्रीले चासो दिनुपर्ने बताए ।
‘ महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारका लागि राजस्व र खर्च वृद्धिका लागि सरकार गम्भीर रहेको बताए । उनले देशको अर्थतन्त्र सुधारका लागि संम्बन्धित निकायसँग बारम्बार छलफलमा जुटेको बताए । प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र विगतको तुलनामा अहिले सकरात्मक संकेत देखा परेको तर पूर्ण रुपमा सन्तुलनमा ल्याउने विषयमा आँफू लागि परेको उनले बताए ।’
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...