
काठमाडौं । नेपालमा कोरोना संक्रमितको सख्या आज शनिबार एकै दिन ६८ थपिएर ५ सय ८४ पुगेको छ ।
आज विहान सर्लाहीमा १३, रुपन्देहीमा ८, कपिलबस्तुमा ८, भरतपुरमा १, वारमा १ र काठमाडौंमा १ जनामा कोरोना संक्रमण देखिएको थियो । आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ३६ जना संक्रमित थपिएको जनाएका हुन् ।
स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वाँकेको नरैनापुरमा मात्रै २७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । नरैनापुरको मदरसामा ६ जना, नरैनापुरको राष्ट्रिय प्राविको क्वारेन्टाइनमा ६ जना र नरैनापुरकै गोगलिकामा १५ जनामा संक्रमण देखिएको हो ।
बैतडीको शिवनाथ गाउँपालिकाका २०, २०, २२ र २७ वर्षका पुरुष, झापा जिल्लाको झापा गाउँपालिकाका ३३ वर्षे पुरुष र बर्दियाको बढैयाताल ७ का १९ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
सुर्खेतको प्रयोगशालामा गरिएको परिक्षणबाट २ पुरुष र १ महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जनाएका छन् । उनीहरुको ठेगाना आउन वाँकी रहेको छ ।
वाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा मात्र संक्रमितको सख्या १ सय २० भन्दा बढी भएको छ भने वाँके जिल्लामा संक्रमितको सख्या एक सय ४२ पुगेको छ । वाँके जिल्लासहित प्रदेश ५ मा संक्रमितको संख्या बढेर २ सय ७१ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म आरडीटीबाट ८६ हजार २ सय ३५ जनाको र पिसिरआर प्रविधिबाट ४५ हजार ९ सय ५७ जनाको कोरोना संक्रमणको नमुना परिक्षण भएको छ । क्वारेन्टाइनमा बस्नेको सख्या ३२ हजार ५ सय २७ छ भने आइसोलेसनमा ५ सय ८ जना रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...