महासमिति बैठकले कांग्रेसको मौलिकता जोगाउनुपर्छः शेखर कोइराला – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

महासमिति बैठकले कांग्रेसको मौलिकता जोगाउनुपर्छः शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन हुनुपर्ने बताएका छन् ।

बिपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले काठमाडौँको बत्तिस पुतलीमा आइतबार गरेको चियापान समारोहमा कोइरालाले महासमितिमा पेश गरिने प्रस्तावहरू मौलिकतामा आधारित हुनुपर्ने बताए ।

महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।

‘यसपालि केन्द्रीय समितिमा पेश भएको महासमितिमा पेश गरिने प्रस्तावहरू एकीकृत रूपमा आएन। परिमार्जन होस् भन्ने मेरो चाहना हो, मौलिकतामा आँच आउन हुँदैन । मौलिकतामा आधारित बनाउनुपर्छ,’ कोइरालाले भने, ‘पहिलेका महासमिति र यस पटक केही अन्तर हामीले पाएका छौँ । मलाई के लागेको छ भने —कतै कांग्रेसले मौलिकता त गुमाएको होइन रु यसमा मलाई चिन्ता लागेको छ।’

नेता कोइरालाले महासमिति बैठकमा छलफलका लागि पेश गरिने प्रस्तावहरूमा गठबन्धनको छाया देखिएको बताए। ‘गठबन्धनको छायाले हामीहरू ग्रसित भएका हौँ कि भन्ने चिन्ता लागेको छ,’ उनले भने । कोइरालाले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबिच तादाम्यता कायम हुन नसकेको बताए ।

‘एकातिर संसदीय प्रणाली छ, अर्कातिर बहुमतको सरकार बन्ने स्थिति नै छैन,’ उनले भने, ‘कतै हाम्रो निर्वाचन प्रणालीमै समस्या त होइन रु कांग्रेसले अब पहल गर्नुपर्छ । सबै दलसँग बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणाली बदल्नुपर्छ ।’

 

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० फाल्गुन ६, १८: ३२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० फाल्गुन ६, १८: ३२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० फाल्गुन ६, १८: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...