कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिमको आदेश – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिमको आदेश

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलको नियुक्ति प्रक्रियामामाथि प्रश्न उठाउँदै उनको नियुक्ती कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

कम्पनीको प्रबन्ध संचालनमा नियुक्त भएका पोखरेलको नियुक्ती प्रक्रियामा स्वार्थ बाझिएको भन्दै उच्च अदालतका न्यायाधीस रमेशराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

कम्पनीको प्रबन्ध संचालकमा प्रतिस्पर्धा गर्दै तीन जनामा सिफारिस भएका रामचन्द्र ढकालको रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै २०८० माघ १८ को नियुक्तिको निर्णय यथास्थितिमा राख्न अदालतले अन्तरिम आदेश दिएको हो ।

पोखरेललाई कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समिति बैठकले प्रतिस्पर्धीमध्येबाट प्रबन्ध सञ्चालकमा छानेको थियो ।

तर प्रबन्ध संचालकमा नियुक्त भएका पोखरेल उक्त नियुक्ति गर्ने बैठकमा कामु प्रबन्धक सञ्चालकका रूपमा सहभागी भएको लगायतका कारणले स्वार्थ बाझिएको देखिएको भन्दै अदालतले अन्तरिम आदेशमा उल्लेख छ ।

प्रबन्ध संचालकमा नियुक्त पोखरेलले कामु प्रबन्ध संचालकको हैसियतमा छनोट समिति निर्माण गर्ने,आँफू अनुकुलको कार्यविधी बनाउने र कार्यविधीलाई पटक–पटक संशोधन गर्दै परिणाम आफ्नो पक्षमा पार्न भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ७, १४: ५७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ७, १४: ५७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ७, १४: ५७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...