
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै १२६ पृष्ठको प्रतिवेदन तयार गरेका छन् ।
आजदेखी ललितपुरको गोदावरीमा सुरु हुने कांग्रेस महासमिति बैठकमा छलफल गराउने उदेश्यले छ्ट्टै प्रतिवेदन पेश गर्ने उनले बताए ।
महासमिति बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको उनको भनाइ छ ।
केन्द्रीय सदस्य महर ‘पदाधिकारीहरुको कुरा मिलेको तर हाम्रो कुरा नमिलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।’
महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनको भनाइ छ ।
उनका अनुसार व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने छ ।
पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने नेता महरको प्रतिवेदनमा उल्लेख गरिएको छ । महासमिति बैठक आधिकारिक रुपमा पाँच प्रतिवेदन पेस हुने उनले बताए ।
कांग्रेसको यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक बस्दै छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...