
काठमाडौं। रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन मिति परिवर्तन गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार फागुन १४ गते उद्घाटन गर्ने र तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट आयोजना गर्ने योजनाको मिति दुई सातापछि सरेको जानकारी गराएको हो।
नेपालमा चलिरहेको आइसीसी विश्वकप लिग २ र टी–ट्वन्टी प्रतियोगिताका कारण केही भूतपूर्व खेलाडीहरूको अनुपलब्धता र व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण प्रतियोगिता नै पछि सार्नु परेको क्यानको भनाइ छ ।
खेलको मिति परिवर्तन भएसँगै एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन कार्यक्रम पनि सरेको क्यानले स्पष्ट पारेको छ ।
नयाँ मिति फागुन २८ मा निर्धारित गरिएको क्यानले जनाएको छ।
उक्त मैदान रुपन्देही तिलोत्तमा नगरपालिका– १७ मा व्यवसायी विनोद कुँवरको लगानीमा निर्माणाधीन अवस्थामा छ ।
व्यवसायी कुँवरले कुल ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन्।
मैदानको उद्घाटन खेलमा ४ टोलीको सहभागिता रहने गरी टी–१० क्रिकेट प्रतियोगिता आयोजना गरिने छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...