महासमिति बैठकमा वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गरौँः धनराज गुरुङ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

महासमिति बैठकमा वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गरौँः धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने बताएका छन्।

ललितपुरको गोदावरीमा सोमबारबाट सुरु महासमिति बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्। साथै उनले पदाधिकारीले गरेका गल्तीलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए।

उपसभापति गुरुङले आर्थिक, सामाजिक, अन्तर्राष्ट्रियलगायत नीतिहरू बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातान्त्रिक समाजवाद हुनुपर्ने बताए।

प्रजातान्त्रिक समाजवादले नै झुपडीमा बस्ने र महलमा बस्नेलाई जोड्ने उनको जिकिर थियो।

कोरोनाका कारण अस्ताएको अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा अघि बढिरहेको छ।

‘अझै ह्वात्तै फड्को मार्न सकिएको छैन, यसमा क्रोनिक क्यापिटालिज्मले हो कि भन्ने विषयमा बहस गर्नुपर्दछ। क्रोनिक क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएको छैन। यसका विरुद्धमा महासमितिले एकमत भएर समाधान लगेर जानुपर्दछ,’ गुरुङले भने।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ७, १६: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ७, १६: ४१

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ७, १६: ४१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...