
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन् ।
सोमबार सुरु महासमिति बैठकमा उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको बताइन् ।
कांग्रेसको नीति उत्कृष्ट बनाउने र त्यसले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनले व्यक्त गरिन् ।
“हाम्रो गौरवशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,” उनले भनिन् ।
उनले मुलुकलाई अब कता लैजाने भन्ने अभिभारा पनि नीति महाधिवेशनको भएको स्वागत मन्तव्यका क्रममा बताइन् ।
“जनताको विश्वास कांग्रेसमा छ । जनताले भनेका छन्– संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउनेछ,” उनले भनिन्, “जनताले भनेका छन्– कांग्रेसले मुलुकको अगुवाइ गर्नुपर्छ । जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ ।”
पार्टीमा न्याय नपाएको आवाज बढेको उनले उल्लेख गरिन् । उनले पार्टीमा न्याय पाउने वातावरण बनाउन महासमिति बैठक नीति अवलम्बन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।
“यो मेरो पनि आवाज हो । हाम्रो अपनत्वमा बनेको संविधानको रक्षा जनआन्दोलनको मर्म र भावनलाई बोकेर अघि बढ्नुपर्छ । अन्याय भयो भन्नेलाई अभिलेखीकरण गर्र्दै सबैलाई न्याय दिने वातावरणमा सबै जुटौँ,” उनले भनिन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...