
काठमाडौं । महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा सहमतिको पहलस्वरुप कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
ललितपुरको गोदावारीमा सोमबार सुरु भएको महासमिति बैठकको पहिलो दिन नै महामन्त्री थापाको सांगठनिकसहित चारै वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहे पनि थाँती राखेर सभापति देउवाले सहमतिको पहल थालेका हुन् ।
महासमिति बैठकको मंगलबार सुरु हुने बन्दसत्रमा ती सबै प्रतिवेदन पेस हुने नेता मीन विश्वकर्माले जानकारी दिए ।
महामन्त्री थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका सभापति देउवाले त्यसबारे के भइरहेको छ भनेर सोधखोज र छलफल गर्न बैठक बोलाएको नेताहरुको भनाइ छ ।
महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय रहेकाले उक्त विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापति देउवा छन् ।
महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने धारणा राखेका थिए । तर महामन्त्री थापा भने महासमिति बैठकबाटै आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने निर्णय लिनु पर्ने अडानमा देखिएका छन् ।
चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन उनको माग छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...