नयाँ दल र राजसंस्थाकाे एजेन्डाले देशको भविष्य अन्धकारतिर मोडिन्छः खड्का – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नयाँ दल र राजसंस्थाकाे एजेन्डाले देशको भविष्य अन्धकारतिर मोडिन्छः खड्का

काठमाडौं । नेपाली कांग्रेसले नयाँ दल र राजसंस्था  एजेन्डाले देशकाे  भविष्य अन्धकारतिर मोडिने बताएको छ ।

सोमबारबाट सुरु भएको कांग्रेस महासमिति बैठमा दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा नयाँ दल राजसंस्थाको एजेन्डा बोकेर हिँडने दलहरुले देशलाई अध्यारो दिशातिर मोड्न खोजेको बताएका छन् ।

उनका अनुसार नयाँ दलहरुले र राजसंस्थाको एजेन्डा बोकेर हिड्ने राजनीति दलहरुले फैल्याएको हल्लाले जनतामा निराशा छाएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “ एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी हुन्,” । राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उपसभापति खड्काले जनतालाई अन्धारमा धकेलेर आँफू उज्यालोमा बस्न खोजेको बताए ।

देशमा देखिएका समस्याका पहाडलाई चिर्न सबै राजनीति दलहरु एक हुँदै आर्थिक तथा भौतिक विकास गर्दै समाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठिकविपरीत दिशामा देशलाई मोड्न खोजेको उनले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

उनले पेश गरेको प्रतिवेदनमा भनिएको छ ,– ठूलो त्याग ,तपस्या र सहिदहरुको बलिदानले आर्जेर ल्याएको परिवर्तन इतिहासलाई समुन्द्रमा फाल्न खोजेको उल्लेख । इतिहास र उपलब्धीको संरक्षण गर्नका लागि लोकतान्त्रिक ,गणतन्त्रवादी एक ठाउँमा उभिने बेला आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

pd-khadka-1708410240

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ८, १४: ०५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ८, १४: ०५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ८, १४: ०५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...