सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएकोले देशमा असन्तुष्टि बढ्दैः ओली – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएकोले देशमा असन्तुष्टि बढ्दैः ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएकोले देशमा असन्तुष्टि बढेको बताएका छन् ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको बताउदै सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् ।

ओलीले भने ‘यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ ।’

उनले सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको दाबी गर्दै सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गरेका थिए ।

उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ । गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ । विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन् । थप कुनै योजना, आयोजनाहरु छैनन् । यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको बिरोध हो । एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो ।’

अध्यक्ष ओलीले सरकारसँग विकासका एजेण्डानै नभएको बताउदै किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहका समस्याहरु समाधान गर्ने कुनै योजना नभएको उल्लेख गरे ।

उनले भने,‘सरकारसँग विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन । भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना नै छैन ।’

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ८, १६: ४५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ८, १६: ४५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ८, १६: ४५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...