गाजामा युद्धविरामको प्रस्ताव अमेरिकी भिटोद्वारा बिफल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गाजामा युद्धविरामको प्रस्ताव अमेरिकी भिटोद्वारा बिफल

काठमाडौं। गाजामा तत्काल युद्धविरामको माग गर्दै अल्जेरियाले संयुक्त राष्ट्रसंघमा दर्ता गराएको प्रस्ताव अमेरिकाले बिफल बनाएको छ ।

अमेरिकाले भिटो प्रयोग गरेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

गाजामा अस्थायी युद्धविरामको आग्रह गर्दै आफ्नै मस्यौदा प्रस्ताव गरेपछि अमेरिकाले भिटो लगाएको हो ।

गाजामा जारी युद्ध अन्त्य गर्न अल्जेरियाली प्रस्ताव बाधक हुने तर्कसहित अमेरिकाले अस्थायी युद्धविरामको प्रस्ताव दर्ता गरेको छ ।

अमेरिकी कदमले गाजाको रफाह सहरका लाखौं सर्वसाधारणको जीवन थप अन्यौलपूर्ण भएको प्यालेस्टिनी अधिकारीहरुको प्रतिक्रिया छ ।

यसमा अमेरिकाकै कतिपय सहयात्री राष्ट्रहरु समेत सन्तुष्ट छैनन् ।

१५ सदस्यीय सुरक्षा परिषदमा रहेका १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने बेलायत मतदानमा सहभागी भएन ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ९, १०: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ९, १०: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ९, १०: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...