
काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको हो।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले।
आसिफले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए।
७ ओभरको अन्तिम बलसम्म ३ विकेट गुमाएर दबाबमा आएको नेपाली ब्याटिङलाई कुशल मल्लको आगमनपश्चात केहि सम्हालिएको थियो।
चौथो विकटका लागि कुशल र आसिफले ५७ रनको साझेदारी गरे। यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, ओपनर कुशल भूर्तेलले १८ र करण केसीले १२ रन बनाए।
दीपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। नेपालका अनिल साह, देव खनाल र कप्तान रोहित कुमार पौडेल भने डक आउट भए।
नामिबियाका लागि बर्नाड स्कोल्ज र जान निकोल लफ्टी एटनले ४–४ विकेट लिए।
नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...