पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमणमा ६० रुसी सेनाको मृत्यु – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमणमा ६० रुसी सेनाको मृत्यु

बीबीसी । पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल प्रहारहुँदा कम्तीमा ६० रुसी सेनाको मृत्यु भएको छ ।

डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

एक रुसी अधिकारीले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो डरलाग्दो प्रहार नभएको प्रतिक्रिया दिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ ।

तर दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको जनाएको छ ।

दुई शीर्ष नेताको बैठकमा, रक्षामन्त्री शोइगुले फ्रन्ट लाइनका धेरै क्षेत्रमा रूसी सफलताका बारेमा वर्णन गरेका थिए ।

डोनेट्स्क क्षेत्रमा भएको घटनाको विषयमा भने रक्षामन्त्रीले कुनै उल्लेख नगरेको समाचारमा उल्लेख छ ।

रुसले कब्जा गरेको गाँउ नजिकैको प्रशिक्षण केन्द्रमा मेजर जनरल ओलेग मोइसेयेभको आगमनको लागि पर्खिरहेका थिए त्यतिनै बेला क्षेप्यास्त्र प्रहार भएको थियो ।

घटनामा बाँचेका एक सिपाहीले घटनाको भिडियो रेकर्डिङका क्रममा ब्रिगेडका कमाण्डरहरूले उनीहरूलाई खुला मैदानमा उभ्याएको बताए ।

उनीहरूलाई अमेरिकी निर्मित HIMARS प्रक्षेपण प्रणालीबाट प्रहार गरिएको दुईवटा मिसाइलले प्रहार गरेको बताइएको छ ।

सार्वजनिक भिडियो फुटेजमा मृतकको संख्या अधिक देखिए पनि ६० जनाको मृत्यु भएको भन्दै रुसले घटनालाई लुकाउन खोजेको छ ।

आक्रमणबारे युक्रेनले पनि मुख खोलेको छैन ।

सम्बन्धित समाचार

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८० फाल्गुन १०, १०: ४३

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८० फाल्गुन १०, १०: ४३

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...

ब्रड पिक हिमपहिरो घटना : उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रको भनाइ
ब्रड पिक हिमपहिरो घटना : उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रको भनाइ
  • २०८० फाल्गुन १०, १०: ४३

काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय...