
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्ड अदालतभन्दा ठूलो हो भन्दै प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले बालकुमारी घटनाको मुख्य दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले सरकारको चर्को आलोचना गरे ।
‘प्रधानमन्त्रीले संसद्मा बोल्दा बालकुमारी घटनामा दुई युवाको हत्या भयो भन्नुभयो ’ उनले भने ‘ हत्या भएको हो भने हत्यारालाई समातरे किन नथुनेको ? घटनाका मुख्य दोषी मन्त्री ज्वालासँग बसेर प्रधानमन्त्री स्वयंम चिया खाँदै हिड्नु भएको छ । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो’ उनले प्रश्न गरे ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...