अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिईन ।

उनले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनीलगायत मुलुकबाट तीन सय ५० कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा १९ गते उद्घाटन हुने महोत्सव विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ, कास्कीमा समेत विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।

स्थानीय लोककला, सांस्कृतिक झाँकीका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुतिसमेत महोत्सवमा गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०८० फाल्गुन १०, १५: ५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० फाल्गुन १०, १५: ५३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०८० फाल्गुन १०, १५: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...