
काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिईन ।
उनले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनीलगायत मुलुकबाट तीन सय ५० कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा १९ गते उद्घाटन हुने महोत्सव विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ, कास्कीमा समेत विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।
स्थानीय लोककला, सांस्कृतिक झाँकीका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुतिसमेत महोत्सवमा गरिने जनाइएको छ ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...
रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...