
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकी छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग उनले सरकारले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधानका निम्ति आवश्यक पहल गरिरहेको बताएकी हुन् ।
उनले यसअघि आयोग नै बनाएर मिटरब्याजपीडितका समस्या समाधानको प्रयास भइरहेको उल्लेख गरिन् । अरू पीडितको समस्या पनि समाधान गरिने उनले प्रतिबद्धता जनाइन् । समस्याको यकिन गरेर समाधान गर्नुपर्ने उनको भनाइ छ ।
देशभरका मिटरब्याज र लघुवित्तपीडित अहिले काठमाडौंमा छन् । उनीहरूले लघुवित्त र वित्तीय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्नेलगायत माग गरेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...