
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २२ बुङमतीका ५७ वर्षीय पुरुषको आज बुधबार साँझ मृत्यु भएको छ । इमाडोलस्थित किस्ट अस्पतालमा उपचार गराई रहेका ति पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ५ पुगेको छ ।
जेठ ११ गते पाटन अस्पतालमा गएका ति ५७ वर्षे पुरुषलाई आसीयुमा राख्ने ठाउँ नभएका कारण किष्ट अस्पताल लगिएको थियो । उनको सोमबार जेठ १२ गते स्वाब परीक्षणका लागि पठाइएकोमा आज दिउँसो मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि आज साँझ मात्र परिक्षणको रिपोर्ट कोभिड पोजेटिभ आएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए । उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मृत्युबारे पुष्टि गरेको छ ।
यसअघि वाँकेका २५ वर्षे पुरुष, सिन्धुपाल्चोककी २९ वर्षे महिला र बारा कलैयाका पुरुषको निधनपछि मात्र कोरोना संक्रमण पुष्टी भएको थियो । गुल्मी मदानेका पुरुषको भने रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार हुँदै कोभिड १९ पोजेटिभ देखिएको थियो ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...