आगामी आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड, विकास बजेट २३.९ प्रतिशत – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

आगामी आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड, विकास बजेट २३.९ प्रतिशत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि १४ खर्ब ७४ अर्ब, ६४ करोड प्रस्तुत गरेको छ ।
नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले विहीबार संघीय संसदको संयुक्त सदनमा बजेट पेश गर्दै चालु आर्थिक वर्षमा चालु खर्च अर्थात साधरण खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४.४ प्रतिशत छुट्याइएको छ ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटबाट पूँजीगत खर्च अर्थात विकास बजेट २३.९ प्रतिशत अर्थात ३ खर्ब ५२ अर्व ९१ करोड विनियोजन गरेको छ । त्यस्तै, वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोड अर्थात ११.७ प्रतिशत विनियोजन गरेको छ ।
सरकारले खर्च गर्नको लागि छुट्याएको १४ खर्ब ७४ अर्बको बजेटको स्रोतमध्ये राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र बैदेशीक अनुदानबाट ६० अर्ब ५२ करोड प्राप्त हुने अनुमान गरेको छ ।
बजेटको लागि अपुग स्रोत ५ खर्ब २४ अर्ब ५० करोड हुने देखिन्छ । त्यो मध्ये २ खर्ब ९९ अर्ब ५० करोड बैदेशीक ऋणबाट र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट पूर्ती गरिने छ ।
विकास खर्चको लागि सरकारले ३ खर्ब ५२ अर्ब छुट्याएको छ भने बैदेशीक ऋण र आन्तरिक ऋण ५ खर्ब २४ अर्ब देखिन्छ । यसरी हेर्दा सरकारले मुलुकको एक रुपैयाँ पैशा पनि विकासमा लगानी गर्नुअघि बैदेशिक अनुदान वा ऋण तथा आन्तरिक ऋणमा भर पर्नु पर्ने देखिएको छ ।
सरकारले साधारण चालु खर्चको लागि छुट्याएको ९ खर्ब ४८ अर्ब बजेट समेत राजश्वबाट उठ्ने सम्भावना देखिँदैन किनकी राजश्वबाट उठ्ने रकम ८ खर्ब ८९ अर्ब मात्रै छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ जेष्ठ १५, १९: २०

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ जेष्ठ १५, १९: २०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ जेष्ठ १५, १९: २०

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...