
काठमाडौं । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको टोलीले चतराबाट सूर्यकुण्ड जाने भित्री सडकबाट को१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी.गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...