
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय उत्पादन बन्द भएको विमान खरिद गरेर कमिसनको दाउमा केही व्यक्ति लागेको उनको भनाइ छ ।
“पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्छ भनेर लाग्नुभएको छ । नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने ? कुन अवस्थामा लाने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ ।”
ट्विनअटर क्यानडाबाट ल्याउने निर्यण गरिएको छ । निगम व्यवस्थापनले अहिले जहाज खरिद गर्ने अवस्था छैन, जहाज उत्पादन हुन छोडिसकेका छन् भन्दा पनि टेन्डर जारी गरिएको छ,” उनले भने, ‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । “३०० डी ल्याइँदै छ, जुन जहाज अहिले प्रोडक्सनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।”
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...