
काठमाडौं। उड्न ठिक्क परेको यति एयरलाइन्सको विमानको इन्जिनमा अचानक समस्या देखिएको छ । आज बिहान काठमाडौं देखि विराटनगर उड्ने तयारीमा रहेको यति एयरको एनवाइटी ७८७ विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्गबाट पार्किङवेमा फर्किएको हो ।
विमानस्थल स्रोतका अनुसार उडानका लागि रनवे (धावनमार्ग) पुगिसकेको विमानको इन्डिकेसनले इन्जिनमा समस्या देखाएको हो । उड्न लागेको विमानको इन्जिनमा अचानक समस्या देखिएपछि हाल रनवेमा पुगिसकेको विान पुनः विमानस्थलको पार्किङमा फर्काइएको छ । हाल विमानको प्राविधिक जाँच भइरहेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...