
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुन अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यतामा नेपाली कांग्रेस अडिग र अविचलित रहन्छ भनी गरेको प्रस्ताव कांग्रेसको नीति बनेको छ ।
थापाले ललितपुरको गोदावरीमा चलेको पार्टीको चार दिने लामो महासमिति बैठकमा पेश गरेको ३८ पृष्ठ लामो सांगठानिक प्रस्ताव पारित भएसँगै भ्रष्टाचारप्रति कांग्रेस कठोर बनने देखिएको हो ।
उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिने प्रस्ताव समेत अघि सारेका थिए ।
थापाको प्रस्तावमा संघीय सरकार र प्रदेश सरकारमा पार्टी सहभागी रहेको र ३३२ वटा स्थानीय तहको सरकारको नेतृत्व कांग्रेसले गरिरहेको भन्दै त्यसैमार्फत कांग्रेसले जनताको मन जित्ने कामको थालनी गर्नु पर्ने बताइएको छ ।
थापाले पेश गरेको प्रस्तावमा माथित अधिकांस सहभागीहरुले सुझाव दिँदै अहिलेको स्वतः प्रतिनिधि हुने व्यवस्थालाई निरन्तरता दिनुको सट्टा केन्द्रीय सभापतिदेखि हरेक तहमा विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रुपमा तल्लो तहबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् ।
महासमिति सदस्यहरु अधिकांसले पार्टीको तर्फबाट कुनै पनि निर्वाचनमा उम्मेदवारको चयन गर्दा अहिलेकै व्यवस्थालाई निरन्तरता नदिई सम्बन्धित तह र क्षेत्रका क्रियाशिल सदस्यहरुको प्रत्यक्ष मतदानबाट उम्मेदवार छनोट गर्ने प्रणाली विकास गर्न माग गरेका छन् ।
‘पार्टीलाई पूर्णतः विधि थितिमा चलाउने, अभिलेख र मुल्याङ्कनको चुस्त प्रणाली बनाउँदै नयाँ पुराना सबै सदस्यहरुलाई पार्टी भित्र समान अवसर र न्यायको अुनभूति गराउने छौं’, सर्वसम्मतले पारित भएको महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ ।
महामन्त्रीले गुटबन्दी र व्यक्तिगत स्वार्थबाट मुक्ति पार्टी बनाउने प्रण समेत गरेका छन् ।
महामन्त्री थापाले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिँदै पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउने र अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउने प्रतिवद्धता व्यक्त गरेका ।
थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासीलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिएपनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहीक भावना कांग्रेसमा रहेको बताए । (नयाँ विकल्प साप्ताहिक बाट)
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...