समस्याग्रस्त तीन सहकारीका बचतकर्तालाई आफ्नो पैसा दाबी गर्न सरकारको आह्वान – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

समस्याग्रस्त तीन सहकारीका बचतकर्तालाई आफ्नो पैसा दाबी गर्न सरकारको आह्वान

काठमाडौं । सरकारले हालै समस्याग्रस्त घोषित तीन सहकारीका वचतकर्तालाई आफ्नो बचत रकम दाबी गर्न आह्वान गरेको छ।

हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिड सहकारी संस्थाका वचतकर्ताकाले रकम मागदाबी गर्न सक्नेछन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र वचत रकम दाबी गर्न आह्वान गरेको हो। सहकारीका सदस्य बचतकर्ता तथा साहुहरुले समितिको वेबसाइट www.coopmc.gov.np गई अनलाइनमार्फत् आफूले पाउनुपर्ने रकम दाबी गर्न सक्ने समितिले जनाएको छ।

समितिले हाम्रो नयाँ कृषि सहकारीलाई गत माघ ११, कृषि विकास बहुउद्देश्यीय सहकारीलाई माघ २६ र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीलाई फागुन ३ गते समस्याग्रस्त घोषणा गरेको थियो।

समितिले तीनवटै सहकारीका संचालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाएर कार्यालय बन्द गर्न र कुनै पनि कारोबार नगर्न भनेको छ।

ऋणि सदस्यलाई पनि समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न र साविकका संचालक तथा कर्मचारीसँग भुक्तानी कारोबार नगर्न सचेत गराइएको छ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १६, १०: १३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १६, १०: १३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १६, १०: १३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...