नेपालगञ्ज–गुलरिया सडक विस्तार तीव्र – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालगञ्ज–गुलरिया सडक विस्तार तीव्र

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ।

११.६० किलोमिटर चार लेन  १६.२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ साल मंसिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गते निर्माण शुरु भएको थियो।

एक वर्षमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सके निर्धारित समयभन्दा एक वर्षपहिले नै सम्पन्न हुने भएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो। निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भए एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरेको बताए।

निर्माण कम्पनीले यो वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए।

नेपालगञ्ज–गुलरिया सडक विस्तार कार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले जानकारी दिए।

उहाँका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेश गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ ।

बजेट अभाव कायमै रहे निर्माणाधीन योजनामा प्रभाव पर्नेछ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १६, ११: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १६, ११: १२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १६, ११: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...