कुशलले दिलाए नेपाललाई दोस्रो सफलता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कुशलले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् ।

कुशलले ८.५ ओभरमा नेदरल्याण्ड्सका माइकल लेभिटलाई पभेलियनको दिशा देखाएका हुन् । नेपालविरुद्ध अर्धशतक बनाएका लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे ।

जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्याण्ड्सले दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

शृंखलामा नेपालको यो दोस्रो र नेदरल्याण्ड्सको पहिलो खेल हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १६, १२: २४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १६, १२: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १६, १२: २४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...