ग्रेडिङ अनुरुप भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ग्रेडिङ अनुरुप भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म

काठमाडौं। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए।

नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएका छन्।

नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएको थियो। अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।

बीसीसीआई केन्द्रीय सम्झौता (२०२३/२४) को वार्षिक तलब
ग्रेड ए प्लस (७ करोड भारू)
रोहित शर्मा
विराट कोहली
जसप्रीत बुमराह
रवीन्द्र जडेजा
ग्रेड ए (५ करोड भारू)
रविचन्द्रन अश्विन
शुभमन गिल
मोहम्मद शमी
हार्दिक पाण्ड्या
मोहम्मद सिराज
केएल राहुल
ग्रेड बी (३ करोड भारू)
सूर्यकुमार यादव
यशस्वी जैसवाल
ऋषभ पन्त
कुलदीप यादव
अक्षर पटेल
ग्रेड सी (१ करोड भारू)
रिन्कू सिंह
तिलक बर्मा
शिवम दुबे
रवि बिश्नोई
मुकेश कुमार
सन्जु सामसन
प्रसिद्ध कृष्णा
आवेश खान
रुतुराज गायकवाड
जितेश शर्मा
अर्शदीप सिंह
रजत पाटीदार
शार्दुल ठाकुर
वाशिन्टन सुन्दर
केएस भरत

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १७, ११: ००

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १७, ११: ००

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १७, ११: ००

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...