
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथ प्लेटफर्मको अभावक कारण नेपालमा स्थायी रुपमा टिकटक बन्द नभएको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । नेपालमा पुर्ण रुपमा टिकटक प्रतिबन्ध लगाउने सरकारले निर्णय गरे पनि मुख्य प्रविधिको अभावकै कारण संभव नभएको उनले बताइन् ।
इन्टरनेटको दुरुपयोगबाट महिलाहरूले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्री शर्माले बताउँदै विश्वभरी चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुने गरेको तर नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको बताइन् ।
मन्त्री शर्माले इन्टरनेटको फाइदा विश्वमा धेरै भएकाले यसलाई सहि तरिकाले प्रयोग गर्नुपर्ने बताइन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...