सरकार शालीनको परिवारलाई न्याय दिलाउन तत्पर रहेकोः प्रधानमन्त्री – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सरकार शालीनको परिवारलाई न्याय दिलाउन तत्पर रहेकोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले उनको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको आज सामाजिक सञ्जालमार्फत बताएका हुन्। “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ”, उनले लेखेका छन्।

घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकिएको पनि उनले बताए। त्यस घटनाले आफूलाई गम्भीर र दुखी तुल्याएको उनले बताएका छन्।

फागुन १२ गते झुण्डिएको अवस्थामा बालिका शालीनको शव फेला परेको थियो। परिवारले बलात्कार पछि हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका छन्।

सोही आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई पक्राउ गरेको छ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २०, १०: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन २०, १०: ५५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २०, १०: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...