
काठमाडौं । सरकारले लकडाउनको अवधि १२ दिन पुनः थप गरी जेठ ३२ गतेसम्म पुर्याएको छ ।
मन्त्रीपरिषद्को शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि जेठ ३२ गतेसम्म र अन्तराष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउन लगाउँदै आएको छ । पछिल्लो समय जेठ ५ गतेदेखि जेठ २० गतेसम्म लकडाउनको अवधि घोषणा गरिएको थियो । लकडाउनको अवधि २दिन वाँकी रहँदै मन्त्रीपरिषद्ले लकडाउन थप गरेको हो ।
लकडाउनको अवधिमा यसको स्वरुप परिवर्तन गर्ने भनेर सरकारले वारम्वार भन्दै आए पनि कार्यान्वयन गर्न सकेको छैन । बन्दाबन्दीमा मानिसको दैनिकी सकसपूर्ण बन्दै गए पनि स्वरुप परिवर्तन गर्न नसक्दा दैनिक ज्यालादारीमा जीवन धान्नेहरु समस्यामा पर्न थालेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...