
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदलाई शपथ गराइन् । १२ माघमा भएको राष्ट्रियसभा चुनावबाट निर्वाचित सांसदहरूले आज शपथ लिएका हुन् ।

राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा सकिन्छ । यसरी रिक्त हुने पदका लागि हरेक दुई वर्षमा चुनाव पनि हुन्छ ।

यही प्रक्रियाअनुसार १९ जन सांसदका लागि १२ माघमा चुनाव भएको थियो । निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाको समेत पदावधि सकिएको थियो ।



काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...