
काठमाडौं। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिमा गठबन्धनमा तोडिनु सामान्य भए पनि हिजोको घटना सामान्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्स उनले यस्तो लेखेका हुन् ।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन’ कोइरालाले एक्समा लेखेका छन् ।
उनले नेकपा माओवादी केन्द्रलाई संकेत गर्दै सत्तासँग गठबन्धन गर्नु कांग्रेसलाई महंगो सावित भएको उल्लेख गरेका छन् ।
‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो’ कोइरालाले लेखेका छन् ‘यस घटनामा कतै हाम्रा कमजोरी पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...