
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् ।
दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे हुनेछ । नामिबिया र नेदरल्याण्ड्स बिच लिग चरणको अन्तिम खेल आइतबार वर्षाले रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सबीच फाइनल भिडन्त पक्का भएको थियो ।
यो सिरिजमा नेपाल र नेदरल्याण्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्याण्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो ।
सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...