कोरोना संक्रमितको सख्या १७ सय ९८ पुग्यो, एकै दिन २ सय २६ थपिए, दैलेखमा ४० जना – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कोरोना संक्रमितको सख्या १७ सय ९८ पुग्यो, एकै दिन २ सय २६ थपिए, दैलेखमा ४० जना

काठमाडौं । नेपालमा कोरोना संक्रमितको सख्या आज सोमबार एकै दिन २ सय २६ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सख्या एक हजार सात सय ९८ पुगेको छ । संक्रमितमध्ये एक हजार छ सय ६७ जना पुरुष र एक सय ३१ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज थपिएका २ सय २६ कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै सोमबार एकै दिन दैलेखमा ४० जना रहेका छन् । आज थप संक्रमित भएको जिल्ला कर्णाली प्रदेशको दैलेख जिल्ला नारायण नगरपालिकामा २५ जनामा संक्रमण पुष्टी भएको छ ।
कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दैलेखको नारायण नगरपालिकामा २४ जनामा सिमडामा २, देवकाडामा ३, सोतमा १, सुकेपानीमा १, महावाहुमा १ र दुल्लुमा ७ जनामा संक्रमण पुष्टी भएको छ । दुल्लुमा २ वर्षे वालक र २ महिलामा पनि संक्रमण पुष्टी भएको छ ।
सोमबार झापाको बारदशीका २ जनामा, पूर्वी नवलरासीको कावासोतीमा २ जनामा, विनयी त्रिवेणीमा १ जनामा, मकवानपुरमा १ जनामा, सर्लाहीको जनतामाविमा ११ महिला वालक सहित ३७ जनामा, महोत्तरीको लोहारपट्टीमा २ जनामा, सिरहामा ५ जनामा, उदयपुर घर भइ हाल जनकपुर अस्पतालमा रहेका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
यस्तै, अछापमा १ वर्षे वालक, कैलालीमा २ वर्षे वालिका र ५ वर्षे वालकसहित १४ जना, बैतडीमा १ जना, डोटीमा १ जना, कञ्चनपुरमा ११ महिने वालकमा कोरोना संक्रमण पुष्टी भएको छ । जुम्लाको हुँगामा ८ जना, सिँज्जामा ९ जना, जुम्लावाहिर घर भएर हाल जुम्ला बस्ने १ जनामा संक्रमण पुष्टी भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सल्यानको बनगाड कुपिन्डेमा १० जना, सुर्खेतको बराहतालमा ५ जना, रौतहटको परौहामा १४ जना, जमुनामाईमा ४ जना, वाँकेको डुडुवामा ७ जना, दाङको गडवामा २ जना, लमहीमा १ जना, राप्ती गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
धनुषाको धनौजीमा ४ जना, हंसपुरमा २ जना जनकपुर अस्पतालमा १ जना, कपिलबस्तुको शिवाजमा १२ जना, बाणगंगामा २ जना, हरिहरपुरमा ८ जना, महराजगंजमा २ जना, चन्द्रौटामा ३ जना र रघु सामुदायिक अस्पतालमा २ जनामा संक्रमण पुष्टी भएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश २ मा ६ सय ९४ जना रहेका छन् । प्रदेश ५ मा ६ सय २१ ज्ना, प्रदेश १ मा एक सय ६८ जना, वागमति प्रदेशमा ४६ जना, कर्णाली प्रदेशमा एक सय ९८ जना र सूदुरपश्चिम प्रदेशमा ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण निको भएर आलसम्म २ सय २१ जना भने घर फर्कीसकेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ जेष्ठ १९, १७: २७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ जेष्ठ १९, १७: २७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ जेष्ठ १९, १७: २७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...