आईजीपी बन्न पाल र थापाबीच प्रतिस्पर्धा, यस्तो छ दुवैको पृष्ठभूमि – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

आईजीपी बन्न पाल र थापाबीच प्रतिस्पर्धा, यस्तो छ दुवैको पृष्ठभूमि

काठमाडौं – नेपाल प्रहरीका २७ औ प्रहरी महानिरिक्ष (आईजीपी) ठाकुर प्रसाद ज्ञवाली आगामी असार २५ गते अनिवार्य अवकाश पाउदै छन् ।

ज्ञवालीको अवकाश संगै नेपाल प्रहरीको २८ औ आईजीपी नियुक्तबारे चासो र चर्चा पनि सुरू भएको छ । नेपाल प्रहरीको भावी नेतृत्वका लागि एआईजीपीद्वय हरि बहादुर पाल तथा शैलेश थापा बीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाल प्रहरीमा प्राविधिक तर्फ एक तथा प्रशासन तर्फ तीन गरी चार एआईजीपी दरबन्दी कायम छ ।

प्राविधिक तर्फका एआईजी आईजीपीको प्रतिस्पर्धामा रहने छैनन् । ऐनले प्राविधिक तर्फका प्रहरी अधिकृत आइजीपी बन्ने प्रावधान गरेको छैन । इन्फेन्ट्री तर्फमा प्रहरी अधिकृतहरुमा प्रशासन तर्फका पहिलो नम्बरका वरिष्ठ एआईजी तारिणी प्रसाद लम्साल हालका आईजीपी ठाकुरका ब्याची भएकाले आगामी असार २५ गते सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

त्यसैले दुई एआईजीपी हरि बहादुर पाल तथा शैलेश थापाबीच २८ औ आईजीपीको लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाल सरकारले विश्वास गरेको दुई एआईजी मध्येबाटै आगामी असार २५ गते आईजीपी नियुक्त हुनेछन् ।

यस्ता छन भावी आईजीपीका बिषेशता
२८ औ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरि बहादुर पाल र शैलेश थापा दुवै नेपाल प्रहरीमा ब्यावसायीक तथा अव्वल प्रहरी अधिकारीको रूपमा चिनिन्छन् । पालसंग नेपाल प्रहरी सेवाको अधिकांस समय फिल्डमा खटिएर चुनौतीपुर्ण काम गरेको अनुभव छ ।

उनले रूपन्देही, धनुषा कास्की तथा डडेलधुरा, नुवाकोट लगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुसलतापुर्वक निर्वाह गरेका थिए । सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढि चुनौतीपुर्ण जिम्मेवारी मानिने प्रदेश दुई प्रहरी प्रमुख रहदा अपराध ,चोरी तस्करी तथा गुण्डागर्दी नियन्त्रणमा सफल भएसंगै पाललाई सरकारले विषेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएको थियो ।


आतंकवाद तथा प्रति(आतंकवाद विरूद्दको विशेष रणनीति तथा कारवाहीगर्ने प्रहरीको विशेष ब्यूरोमा कुशलतापुर्वक नेतृत्व र जिम्मेवार सम्हालेसंगै पाललाई प्रहरीको भावी नेतृत्वको रूपमा हेरिएको छ ।
पालले नेतृत्व सम्हालेसंगै विशेष ब्यूरोले विप्लव समुहमाथि गोप्य निगरानी बढाएसंगै पछिल्लो १ बर्षमा विप्लव समुहका झन्डै १५ सय बढी उच्च तहका नेता कार्यकता पक्राउ परेका छन् ।
एनसेल टावरमा तथा ब्यापारी र पूर्वकर्मचारीको घरमा श्रृङखलाबद्ध विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पालले विशेष ब्यूरोमा आएर विप्लव समुहमाथि अपरेसन सुरु गरेका थिए ।
ब्युरोले ठुलो संख्यामा बिप्लव समहुबाट ठुलो संख्यामा हात–हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएपछि उक्त समुह प्रभावबिहिन बनिसकेको छ । एआईजी पाल अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् ।

प्रहरीमा निडर,आक्रमक तथा अवस्था अनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने क्षमता भएका पाल कडा तर मिजास प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

आईजीपीका अर्का प्रतिस्पर्धी शैलेश थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेको अनुभवी प्रहरी अधिकारी हुन । प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

नीतिगत निर्णय गर्न रूचाउने थापाले शालिन प्रहरी अधिकारीको पहिचान बनाएका छन । एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । एआईजी बढुवामा दोस्रो नम्बरमा रहेका थापासंग फिल्डमा काम कम गरेको, युनिटको कमाण्ड सम्हालेको अनुभव कम भएको र कमाण्ड कन्ट्रोलमा प्रभाव छाड्न नसक्ने कमजोरी औंल्याउने गरिन्छ ।

हाल मानव स्रोत एवम् प्रशासन विभागको नेतृत्व सम्हालेका शैलेश क्षेत्रीमाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ । प्रहरीका पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसंगै आईजीपी ज्ञवाली र क्षेत्रीमाथि संगठनमा न्याय गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।
क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमश दोस्रो र तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका थिए ।

विवाद रहित प्रतिस्पर्धा
नेपाल प्रहरीमा २०४६ साल देखिको अस्वस्थ प्रतिस्पर्धा यो पटक सतहमा देखिएको छैन । आ आफ्ना क्षेत्रमा अव्वल तथा ब्यावसायीक पहिचान बनाएका दुवै प्रहरी अधिकारी जो सुकै आईजीपी बने पनि सहयोग गर्ने, आपसमा प्रतिबद्धता र मित्रता देखाएका छन् ।

९८ औ व्याचमा नेपाल प्रहरीमा भर्ना भएका पाल र क्षेत्री मध्ये एकजना आईजीपी नियुक्त हुनेछन् । तारिणी लम्साल आईजीपी ज्ञवालीसंगै अनिवार्य अवकाशमा गएपछि रिक्त हुने दुई एआईजी पदमा रोलक्रम अनुसार अगाडि रहेका डिआईजीद्वय प्रधुम्न कार्की तथा निरज बहादुर शाही बढुवा हुनेछन् ।
यी चार जनावीच जोसुकै आईजीपी नियुक्त भएपनि एक अर्कालाई सहयोग गर्ने सहमती समेत बनेको थियो । कोरोना भाइरस संक्रमण(कोभिड(१९)महामारी फैलिएसंगै मुलुक आर्थिक रुपमा संकट आउन सक्ने अनुमान गरिएको छ । संक्रमणका कारण रोजगारी गुमाएका युवा स्वदेश फर्कने र वढ्दो महंगी तथा वेरोजगारीका कारण बढ्नसक्ने सुरक्षा चुनौतीको सामनागर्न अनुभवी प्रहरी नेतृत्व आवस्यक पर्छ ।
जसका लागि विगतमा फिल्डमा खटिएर नेतृत्व गरेको र जोखिमपुर्ण जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेका एआईजी पाल र थापा राजनीतिक हस्तक्षेप नभएमा २८ औ आईजीपी नियुक्त हुनसक्ने प्रवल संभावना छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ जेष्ठ २०, १२: ०९

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ जेष्ठ २०, १२: ०९

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ जेष्ठ २०, १२: ०९

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...