पार्टीले निर्णय नगर्दै कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधनको प्रस्ताव दर्ता – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

पार्टीले निर्णय नगर्दै कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधनको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेसका ८ सांसदले आज प्रतिनिधिसभामा संविधान संशोधनको बेग्लै प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारले संविधानको अनुसुचीमा रहेको निषान छापमा रहेको नेपालको नक्सालाई परिवर्तन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर राख्ने उदेश्यले ल्याएको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको दुई दिनपछि कांग्रेसका ८ सांसदहरुले मंगलबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य उमाकान्त चौधरीले तत्कालिन पार्टी सभापति शेरबहादुर देउवाले २०७४ सालमा संसदमा पेश गरेको संविधान संशोधनको प्रस्तावलाई नैं मंगलबार प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको बताए ।

संविधान संशोधनको लागि पार्टीकी पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य तथा चर्चित नेता प्रदीप गिरी, केन्द्रीय सदस्य उमाकान्त चौधरी, सांसद डा.अमरेरकुमार सिंह, अभिषेक प्रताप शाह, पदमनारायण चौधरी, तेजुलाल चौधरी, अनिता चौधरीले हस्ताक्षर गरेका छन् ।

कांग्रेसका ति सांसदले पेश गरेको संविधान संशोधन प्रस्तावमा भाषा आयोगको सिफारिसमा नेपालमा बोलिने सबै मातृभाषलाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन अनुसुचीमा थप गर्नु पर्ने जनाइएको छ ।

त्यस्तै, संविधानको धारा ११ मा संशोधन गरी ‘नेपाली नागरिकता पुरुषले कुनै विदेशी नागरिक महिलासँग विवाह गरेमा त्यस्तो महिलाले आफुले प्राप्त गरेको नागरिकता परित्याग गरेको कारबाही चलाएमा नेपालको प्रचलित कानुन बमोजिम नेपालको अंगिकृत नागरिकता लिन सक्ने छ’ भन्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै, संविधानको धारा ३५ मा राज्यका सबै निकाय र अंगमा सबै समुदायका महिलालाई समानुपातिक समावेसी आधारमा सहभागी हुने हक हुनेछ भन्ने प्रावधान राख्न र संविधानको धारा ५६ को ‘क’ थप गरी प्रदेश संरचना तथा सिमानाको विषयमा सिफारिस गर्न नेपाल सरकारले एक संघीय संरचना पुनरावलोक आयोग गठन गर्ने छ’ भन्ने प्रावधान राख्नु पर्ने प्रस्ताव गरिएको छ ।
कांग्रेसका सात जना सांसदले पेश गरेको संविधान संशोधनको प्रस्तावमा त्यस्तो आयोग गठन गर्दा नेपाल सरकारले गठन गरेको राज्य पुनसंरचना आयोगको प्रतिवेदन र विगतमा भएका आयोगको प्रतिवेदनलाई समेत ध्यानमा राख्नु पर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको मतभार फरक हुने गरी प्रत्येक प्रदेशबाट १ महिला, १ दलित, १ अपांगता भएको व्यक्तिसहित ३ जना र वाँकी ३५ सदस्यको हकमा प्रदेशको जनसख्याको आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

संसदमा मंगलबार पेश भएको संविधान संशोधनको प्रस्ताव विगतमा कांग्रेसले संसदमा पेश भएको तर संसदमा निर्णयार्थ पेश नभएको प्रस्तावलाई नै हुबहु राखिएको सांसद चौधरीले वताए ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ जेष्ठ २०, १९: २५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ जेष्ठ २०, १९: २५

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ जेष्ठ २०, १९: २५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...