मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

२४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् ।

मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन् । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट–रनरअप घोषित भइन् ।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जिते । नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै यात्रा तय गर्न सक्यो । तर, ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो ।

 

सम्बन्धित समाचार

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०८० फाल्गुन २७, १०: ३१

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८० फाल्गुन २७, १०: ३१

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०८० फाल्गुन २७, १०: ३१

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...