विश्वकप छनोटः बहराइनसँग नेपाल फराकिलो अन्तरले पराजित – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

विश्वकप छनोटः बहराइनसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत गएराति भएको खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ । बहराइनको घरेलु मैदानमा भएको खेलमा नेपाल ५– ० ले पराजित भएको हो ।

बहराइनसँग फराकिलो हार ब्यहोरेको छ । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

यो हारसहित नेपालले एसियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ ।

यी तीन वटै खेलमा नेपालले एक गोल पनि फर्काउन सकेन । नेपालले पहिलो खेलमा युएईसँग ४–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले हार बेहोरेको थियो ।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार खेल्ने छ । दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि बहराइनमा खेलेको हो ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० चैत्र ९, १०: ३४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० चैत्र ९, १०: ३४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० चैत्र ९, १०: ३४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...