
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार स्याङ्जामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका नयाँ प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं ३ निवासी ५८ वर्षका पुरुषको निधन भएको हो ।
कोरोना संक्रमण देशका ७७ मध्ये ७१ जिल्लामा फैलिएको छ । सोमबार दुई सय ९४ जना पुरुष र २० जना महिलासहित तीन सय १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा सात वटै प्रदेशमा एक लाख ६६ हजार ६ सय जना रहेका छन् भने तीन हजार दुई सय ६० जना आईसोलेसनमा उपचार गराइरहेका छन् ।
मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सोमबार २१ ज्ना डिष्चार्ज भएका छन् । योसँगै डिष्चार्ज हुनेको सख्या चार सय ८८ जना पुगेको छ । मन्त्रालयका अनुसार सोमबारबाट राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा पनि कोराना संक्रमितको परिक्षण हुन थालेका छ । योसँगै नेपालमा कोरोना भाइरसको परिक्षण गर्ने अस्पतालको सख्या २१ पुगेको छ ।
कोरोना संक्रमणबाट झापा गौरीगंजका ९ जनामा, सुनसरीका १ जनामा, पाँचथरका १ जनामा सप्तरीको बलान विहुलका २२ जनामा, स्याङजाका १ जनामा, पोखराका १ जनामा पर्षाका ८ जनामा, बाराका ७ जनामा रौतहटका ११ जनामा दाङका ४ जनामा, वाँकेका १ जनामा बर्दियाका १८ जनामा, दैलेखका १० जनामा र सल्यानका ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
मन्त्रालयमा सोमबारदेखि जिम्मेवारी सम्हालेका प्रवक्ता डा. गौतमका अनुसार अर्घाखाँचीका विभिन्न गाउँपालिका र नगरपालिकामा ३१ ज्ना, गुल्मी र सुर्खेतमा १÷१ जना, कपिलबस्तुमा २४ जना, नवलपरासीमा २ जना, पाल्पामा १ जनामा प्युठानमा ८ जनामा, महोत्तरीमा १२ जनामा र सर्लाहीका विभिन्न नगरपालिका र गाउँपालिकामा १ सय ६ जनामा संक्रमण पुष्टी भएको हो ।
काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नगर अधिवेशनबाट चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। नगर सभापतिका लागि...