
काठमाडौं । नेपालमा कोराना संक्रमणका कारण आज मंगलबार चितवनका १ पुरुषको निधन भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले चितवनको भरतपुर महानगरपालिका ११ का एक पुरुषको निधन भएको जनाएका हुन् । यो समेत नेपालमा कोरोनाबाट निधन हुनेको सख्या १४ पुगेको छ ।
कोरोनाकाबाट मंगलबार दुई सय ९२ पुरुष र ३१ महिलासहित तीन सय २३ जनामा संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका कारण हाल तीन हजार चार सय ८७ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा बसेका आसंकितको सख्या एक लाख ६५ हजार सात सय ७३ रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलबार धनुषाबाट ३० जना, बलम्बुबाट १ जना, कोहलपुरबाट २२ जना राप्ती सोनारीबाट ७ जना, धरानबाट झापाका २८ जना, दाङबाट बर्दियाका ४ जना र दैलेखका १ जना कोरोना निको भएर डिष्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिष्चार्ज भएकाको सख्या पाँच सय ८४ पुगेको छ ।
यस्तै मंगलबार विराटनगरका ३, इलामका १, सुनसरीका १, सप्तरीका ६, चितवनका ३, सर्लाहीका १८, सप्तरीका १ म्याग्दीका १, नवलपुरका १२, बागलुङका ११, धनुषाका ४५, महोत्तरीका ५०, वाँकेका ९, जुम्लाका १, सल्यानका १२, सुर्खेतका ४, दार्चुलाका १०, कञ्चनपुरका १९, डडेलधुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै, नवलपरासीका १२, नुवाकोटका २, रौतहटका २१ र सिराहाका १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...