संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाले छलफलको लागि स्वीकत गर्यो – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाले छलफलको लागि स्वीकत गर्यो

कठमाडौं । नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको मंगलबारको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य विपक्षी सांसदहरुले संविधान संशोधनको दोस्रो प्रस्तावमाथि सैद्धान्तिक छलफल पछि सर्वसम्मतले स्विकृत भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव स्वीकृतिका लागि पेश गर्दा विपक्षमा कुनै पनि सांसदले विरोध जनाएनन र ध्वनी मतकै आधारमा स्वीकृत भएको थियो ।
सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेकलाई समेटेर सार्वजनिक गरेको वास्तविक नक्सा संविधानको अनुसुचिमा रहेको निसानछापमा समावेस गर्नको लागि संविधान संशोधनको प्रस्ताव पेश भएको थियो । प्रस्ताव स्वीकृतिसँगै विधेयकमा संशोधन हाल्न सांसदहरुलाई ७२ घण्टाको समय दिइएको छ ।
सो विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव गरेकी थिइन् ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताइन् । उनले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गरिन् । उनले भनिन्, ‘हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।’

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ जेष्ठ २७, २१: ४३

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ जेष्ठ २७, २१: ४३

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ जेष्ठ २७, २१: ४३

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...