
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भर्खरै पत्रकार सम्मेलन गरी थप दुई जनाको मृत्यु कोरोना भाइरसको संक्रमणकै कारण भएको पुष्टी गरेका हुन् ।
प्रवक्ता गौतमकाअनुसार पर्षा बीरगंज महानगरपालिकास्थित घण्टाघरमा बेबारिसे मृत अवस्थामा जेठ २८ गते फेला परेका अन्दाजी २५ वर्षे पुरुषको निधन कोरानो संक्रमणको कारण भएको वताए । मृतकको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको बताए । त्यस्तै, जेठ ३० गते वीरगंज हेल्थ केयरमा उपचाररत बाराको निजगढ नगरपालिका वडां ६ का ५ वर्षे वालकको निधन कोरोनाका कारण भएको छ ।
शुक्रबार निधन भएका वालकको उपचारकै क्रममा स्वाव परिक्षणको लागि नमुना लिएको तर रिपोर्ट आउनुअघि नै बालकको निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा शुक्रबार थप दुइ सय ७३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । दुई सय ४७ पुरुष र २६ महिला संक्रमित भएका हुन् । नेपालमा योसँगै कोरोनाबाट संक्रमित हुनेको सख्या पाँच हजार तीन सय ३५ पुगेको छ । शनिबारसम्म क्वारेन्टाइनमा बस्ने सम्भावित संक्रमितको संख्या एक लाख ५० हजार पाँच सय ४९ जना छन भने आइसोलेसनमा चार हजार चार सय चार जना रहेका छन् ।
शनिबार रौतहटमा ९२, सुर्खेतमा ४०,दैलेखमा ३०, कपिलबस्तुमा २५, वाँकेमा १८, रोल्पामा १७, सर्लाहीमा १८, वर्दियामा ६, पर्षामा ६, झापामा ५, मोरङमा ४, गुल्मीमा २, दाङमा २, महोत्तरीमा १, वारामा १, पर्वतमा ४, नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा सरकारले सबैभन्दा धेरै पाँच हजार ६ सय ६१ ज्नाको पिसिआर प्रविधिबाट स्वाव परिक्षण गरिएको छ । मन्त्रालयले दैनिक १० हजारको दरले पिसिआर प्रविधिबाट परिक्षण गर्न खोजेको छ ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...