संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित, नेकपाका ४ सांसद अनुपस्थित – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित, नेकपाका ४ सांसद अनुपस्थित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाले संविधानको दोश्रो संशोधन विधेयक दुई तिहाई बहुमतबाट पारित गरेको छ । सरकारले नेपालको वास्तविक नक्सालाई संविधानको अनुसुचिमा राख्ने उदेश्यले गर्न लागेको संविधान संशोधनको प्रस्ताव संघीय संसदमा दर्ता गरेको थियो । हालको संविधानमा नेपालको उत्तरपूर्वी भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेस गरिएको थिएन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सभाका दुई सय ७५ मध्ये दुई सय ५८ जनाले संविधान संशोधनको पक्षमा मत हालेका थिए भने । १७ जना सांसदले मतदानमा भाग लिएनन् । सभामुख अग्नीप्रसाद सापकोटाले मतदान गर्न मिल्दैन । कुनै प्रस्ताव पारित गर्न मत बराबर भएमा निर्णायक मत दिने अधिकार मात्र सभामुखलाई रहन्छ ।
संविधान सदनबाट पारित गर्न कायम रहेको सदस्य संख्याको दुई तिहाई अर्थात एक सय ९१ जना सांसदले पक्षमा मतदान गर्नुपर्छ । सदनबाट संविधान संशोधनको प्रस्ताव निर्णयार्थ सभामुखले पेश गर्नुअघि संसदमा सबै राजनीतिक दलका सांसदहरुले आ आफ्नो धारणा राखेका थिए ।
४ जना प्रतिनिधि सभाका सदस्य भने निलम्वनमा परेकाले मत दिन पाउँदैनन । कांग्रेसका विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम, राष्ट्रिय जनता पार्टीका रेशम चौधरी र समाजवादीका हरिनारायण रौनियार निलम्वनमा परेका छन् ।
संविधानको दोश्रो संशोधन प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार जना सांसद सिन्धुलीका हरिवोल गजुरेल, डोल्पाका धनबहादुर वुढा, मुगुका गोपालबहादुर बम र मोरङगका शिवकुमार मण्डल केवट भने अनुपस्थित थिए । त्यस्तै, नेपाली कांग्रेसका तीन जना सांसदहरु सर्लाहीका नागेन्द्र कुमार, सूर्यवहादुर केसी र ज्ञानकुमार छन्त्याल पनि अनुपस्थित भए ।
विपक्षी राष्ट्रिय जनता पार्टीका तीन जना सांसद कपिलबस्तुकी अमृतादेवी अग्रहरी, सप्तरीकी दुलारीदेवी खत्वेनी र प्रमोदा साह मतदान प्रक्रियामा सहभागी भएनन् । त्यस्तै समाजवादी पार्टीकी सरित गिरी सदनमा उपस्थित भएर पनि मतदान प्रक्रियामा भाग लिइनन भने समाजवादीकै सप्तरी १ का सांसद सूर्य नारायण यादव पमदान प्रक्रियामा भाग लिएनन् ।
प्रतिनिधि सभाले शनिबार पारित गरेको संविधान संशोधन विधेयक सन्देश सहित राष्ट्रिय सभामा पठाइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ जेष्ठ ३१, १९: १७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ जेष्ठ ३१, १९: १७

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ जेष्ठ ३१, १९: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...