
काठमाडौं । नेपालमा आइतबार एकै दिन चार सय २५ जनामा कोरोना संक्रमित थप भएका छन् । तीन सय ७५ पुरुष र ५० जना महिलामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको सख्या पाँच हजार सात सय ६० पुगेको छ ।
कोरोनाकै कारण थप एक जनाको मृत्यु भएको छ । मृतक गुल्मीको धुर्कोटका वासिन्दा ३६ वर्षे पुरुष रहेका छन् । उनको रेसुंगामा रहेको आइसोलेसनमा उपचारको क्रममा निधन भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएका छन् ।
मन्त्रालयका अनुसार २ नम्वर प्रदेशको रौतहटमा ९६ जनामा एकै दिन कोरोनाको पुष्टी भएको छ । नारायणी अस्पताल बीरगंजमा २७, जनकपुरमा १७, टेकुमा ५१ र हेटौंडामा गरिएको परिक्षणमा १ जनामा कोरोना पुष्टी भएको हो ।
मोरङमा २५, सप्तरीमा ११, झापामा एक, पर्षामा १७, बारामा नौ, सर्लाहीमा छ, नवलपरासी पूर्वमा एक, बझाङमा पाँच र डडेलधुरामा २४ र डोटीमा तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
दाङमा ५४, सुर्खेतमा ४०, दैलेखमा २९, कैलालीमा १२, कपिलबस्तुमा २०, रुपन्देहीमा २०, पाल्पामा १७, बर्दियामा तीन, वाँकैमा तीन, रुकुममा एक, प्युठानमा दुइ, गुल्मीमा आठ, धनुषमा एक, नवलपरासी पश्चिममा दुई, धदिङमा २५,रुपन्देहीमा छ र सिन्धुलीमा एक जनामा संक्रमण पुष्टी भएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...