चार सय ५१ कोरोनाका संक्रमित थपिए, संक्रमितको संख्या छ हजार दुई सय ११ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

चार सय ५१ कोरोनाका संक्रमित थपिए, संक्रमितको संख्या छ हजार दुई सय ११

काठमाडौं । नेपालमा आइतबार एकै दिन चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या छ हजार दुई सय ११ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा पाँच जना, सेती अस्पतालमा नौ जना, भेरी अस्पतालमा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ५ जना, जनकपुरमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनामा कोरोना पुष्टी भएको हो ।
रुपेन्देहीमा सात, विराटनगरमा २५, सुर्खेतमा एक सय सात, धुलिखेल अस्पतालमा पाँच, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन दाङमा ४३, शिक्षण अस्पतालमा १, हेटौँडामा २५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ३९ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ ।

सरकारले पीसीआर परीक्षण पछिल्लो साताबाट बढाएको छ । आइतबार पाँच हजार तीन सय छ जना गरी हालसम्म एक लाख ३८ हजार छ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् ।
जनस्तर र स्वास्वस्थ्यकर्मीको विरोध र असहमतिको बाबजुद पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दबाबमा स्वास्थ्य प्रतिष्ठानहरुले आरडिटी विधिबाट परिक्षण गरि रहेका छन् ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ असार १, १७: ०८

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ असार १, १७: ०८

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ असार १, १७: ०८

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...