
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।
संघमा आबद्ध विद्यार्थीले बिहीबार उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
नेविसंघले उपकुलपतिको जवाफदेहिता माग समेत गरेको छ । घटनाले परीक्षा नियन्त्रण कार्यालय र अरू सम्बद्ध निकायहरूको गैरजिम्मेवारीपन छर्लंग पारेको नेविसंघको ठहर छ ।
गएको वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षाअन्तर्गत जनसंख्या अध्ययन ‘पीओपी–४२२’ विषयको १७६ थान उत्तरपुस्तिका हराएको पुष्टि भएको छ ।
सो विषयको पुनः परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले आंगिक क्याम्पसहरूलाई पत्राचार गरिसकेको छ ।
सोहीअनुसार यही चैत २१ गते परीक्षा सञ्चालन गर्ने सूचना क्याम्पसहरूले निकालेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...