
काठमाडौं। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा विहीबारबाट भारत–नेपाल शिल्पकला महोत्सव–२०२४ शुरु भएको छ।
सो महोत्सवको विहीबार उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले एक समारोहबीच उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता छविलाल विश्वकर्मा, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी)का आवासीय प्रतिनिधि आसियानी मेडानानगोडालेभ र भारतीय दुतावासका प्रतिनिधिहरुको उपस्थिति थियो।
बनारसी कला र शिल्पकलालाई विशेष प्राथमिकता दिइएको महोत्सवमा भारत–नेपाल लोक शिल्पकला महोत्सवको पनि आयोजना गरिएको आयोजक संस्था साउथ एसियन फाउण्डेसनले जनाएको छ।

आगामी चैत १९ गतेसम्म संचालन हुने सो महोत्सवले नेपाल र भारतबीचको कला र सील्प क्षेत्रको दुईपक्षिय सम्वन्ध सुदृढ गर्ने लक्ष्य रहेको र महोत्सवले दुई देशबीचको कला र शिल्पको विचारमा बृहत सहयोग आदान प्रदानका लागि प्लेटफर्क हुने विश्वास व्यक्त गरिएको छ।
महोत्सवले भारत र नेपालबीचको ऐतिहासिक सांस्कृतिक एकता र सहयोगको लागि उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै यसले परम्परागत कला र शील्पकलाको क्षेत्रको विस्तारमा दुई देशबीचको सम्वन्ध अझै विस्तार हुने, दुई देशबीचको आपसी मित्रता, सम्वन्ध र सम्मानको साझेदराी हुने विश्वास व्यक्त गरिएको फाउण्डेसनकी संचार अधिकृत कान्ती भट्टद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...