भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु

काठमाडौं। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा विहीबारबाट भारत–नेपाल शिल्पकला महोत्सव–२०२४ शुरु भएको छ।

सो महोत्सवको विहीबार उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले एक समारोहबीच उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता छविलाल विश्वकर्मा, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी)का आवासीय प्रतिनिधि आसियानी मेडानानगोडालेभ र भारतीय दुतावासका प्रतिनिधिहरुको उपस्थिति थियो।

बनारसी कला र शिल्पकलालाई विशेष प्राथमिकता दिइएको महोत्सवमा भारत–नेपाल लोक शिल्पकला महोत्सवको पनि आयोजना गरिएको आयोजक संस्था साउथ एसियन फाउण्डेसनले जनाएको छ।

आगामी चैत १९ गतेसम्म संचालन हुने सो महोत्सवले नेपाल र भारतबीचको कला र सील्प क्षेत्रको दुईपक्षिय सम्वन्ध सुदृढ गर्ने लक्ष्य रहेको र महोत्सवले दुई देशबीचको कला र शिल्पको विचारमा बृहत सहयोग आदान प्रदानका लागि प्लेटफर्क हुने विश्वास व्यक्त गरिएको छ।

महोत्सवले भारत र नेपालबीचको ऐतिहासिक सांस्कृतिक एकता र सहयोगको लागि उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै यसले परम्परागत कला र शील्पकलाको क्षेत्रको विस्तारमा दुई देशबीचको सम्वन्ध अझै विस्तार हुने, दुई देशबीचको आपसी मित्रता, सम्वन्ध र सम्मानको साझेदराी हुने विश्वास व्यक्त गरिएको फाउण्डेसनकी संचार अधिकृत कान्ती भट्टद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

सम्बन्धित समाचार

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०८० चैत्र १६, १०: ०५

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०८० चैत्र १६, १०: ०५

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०८० चैत्र १६, १०: ०५

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...